|

डडेल्धुरा : डडेल्धुरामा एक युवकको वेवारिसे शव फेला परेको छ। बुधबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका ५ को ऋषी खोला सामुदायिक वनमा अन्दाजी २५ वर्षका युवकको फेला परेको प्रहरीले जनाएको छ। 

कालो  टिसर्ट र कालो पाइन्ट लगाएको पाँच फिट छ इन्च अग्लो युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। 

अपरिचित युवकको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले शवलाई पोस्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याएको छ। 

शवको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। शव प्रकृति हेर्दा ८-१० दिन पुरानो भएको डीएसपी जोशीको भनाइ छ। उक्त युवकको बाँया खुट्टाका बुडिऔँला छेउका दुई औँला जोडिएको उनले जानकारी दिए। प्रहरीका अनुसार शव सडिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.