|

काठमाडौं : आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ। यस वर्षको मनसुनमा मुलकभर औसत वर्ष हुने प्रक्षेपण गरिएको छ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहेन ठहर गरेको हो। सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्मलाई औसत वर्ष मानिन्छ। सोभन्दा कम र बढी वर्षा भएमा मौसमविदहरु न्यून वा अधिक वर्षका रुपमा बुझ्ने गर्छन्।

विश्व मौसम संगठनको अगुवाइमा सास्कोपले हरेक वषए मनसुन सुरु हुनुभन्दा एक महिनाअघिनै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.