|

ताप्लेजुङ : ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदीको मोटरेबल पुल जोखिममा परेको छ। निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधार निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो। 

पुल आसपासमै पूर्वाधारको निर्माण गरिएकाले दुवैतर्फका जिप जीर्ण बन्दै गएका छन्। जिपसँगैको भागलाई खनेर सडकको रुपमा प्रयोग गरिएको छ। यस्तै पाँचथरतर्फको भागमा पर्ने पुलको जिपसँगै जोडेर पेनस्टक पाइपलाइन विस्तार गरिएकाले पुलको अवस्था थप जीर्ण बन्दै गएको छ। पुलमाथिको भागसमेत माटो र ढुंगाले भरिएर खाल्डाखुल्डी परेको छ। पाइप गाड्नका लागि जिपकै छेउमा खाल्डो खनिएकाले विगत केही दिनदेखि पुलको मुनिबाट सवारीसाधन ओहोरदोहोर गरेका थिए। 

पाँच वर्षअघि नौ करोड रुपैयाँ लागतमा निर्माण गरिएको पुलको नियमन गर्ने निकाय इलाम सडक डिभिजन कार्यालय भने पुल जीर्ण बन्दासमेत मौन रहेको छ। कार्यालयको बेवास्ताकै कारण पुलमाथिको भागमा माटोले भरिएर पानी समेत पस्न थाले पछि हिलाम्मे बनेको छ। यो पुल भत्किए ताप्लेजुङ र पाँचथरका धेरै गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.