|

उदयपुरः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिराहाका जिल्ला इन्जार्च अंकुल राउत उदयपुरमा रहेको घरैबाट पक्राउ परेका छन्। 

विहीबार जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा रहेको घरबाटै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी मेघराज अधिकारीले बताए।

सिरहा जिल्लाका इन्चार्ज रहेका राउतलाई विशेष सुराकीको आधारमा घर आएको वेला पक्राउ गरिएको डीएसपी अधिकारीले जानकारी दिए। ‘राउतमाथि विभिन्न आरोप लागेका निवेदन जिल्ला प्रहरी कार्यालयमा परेका छन्,’ अधिकारीले भने, ‘कानुनी कारवाही अगाडि बढाउन अहिले अनुसन्धान भइरहेको छ।’

उदयपुरमा घर भएका नेकपाका कार्यकर्तामाथि उदयपुर प्रहरीले धरपकडनै सुरु गरेको छ। केही दिन अगाडि मात्र प्रहरीले उदयपुरका जनसरकार प्रमुम जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.