|

काठमाडौ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार सार्वजनिक यातायात सञ्चालन नगर्ने भएपछि यातायात व्यवस्था विभागले निजी कम्पनीलाई सवारी सञ्चालन गर्न आग्रह गर्दै क्षति भए सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता गरेको छ।

सो अवसरमा विभागले ४३ वटा कम्पनीसँग छलफल गरेको थियो। यातायात यकम्पनी सरकारले सुरक्षा दिए गाडी सञ्चालन गर्न तयार रहेको र सोही अनुसार सञ्चालन गरिने विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए।

नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघ गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संगठनले भने आन्दोलनका कार्यक्रम यथावत रहेका बताएका छन्। 

व्यवसायीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसाँग भेट गरिसमस्याको समाधान गर्न आग्रह गरेका थिए। तर भेटमा ठोस कुरा आउन नसकेको व्यवसायीको गुनासो छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.