|

ट्वीटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन आग्रह गरेको छ। आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो।

पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन। तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ। ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन।

ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही समस्या फेला पार्‍यौँ जहाँ 'मास्किङरह्यासिङ' प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो। त्यो समस्या समाधान गरिसकिएको छ। दुरुपयोग भएको कुनै संकेत पनि पाइएन।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.