समाज : सुरक्षा/अपराध

केरा बगान फाड्ने पाँचको पहिचान खुल्यो, मुख्य अभियुक्त अझै फरार
SHARES

बैशाख २१, २०७५

    चितवन : पूर्वी चितवनको कालिका नगरपालिका-६ जुटपानीस्थित किसानको बगानमै पसेर केरा फाँडेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। 

    चितवनका प्रहरी उपरीक्षक दिपक थापाले १० जनाको समुहमा आएका युवाहरुले केरा फाँडेको पहिचान भएको जानकारी दिंदै पुन थप तीनजना पक्राउ परेको बताए।  यसअघि बुधबार तीनजना पक्राउ परेका थिए। पक्राउ परेका ६ जना मध्ये पाँचजनाविरुद्ध भने मुद्धा दर्ता हुने थापाको भनाइ छ। 

    पक्राउ पर्नेमा कालिका नगरपालिका ६ का अर्जुन गहतराज, १ का मनिश गुरुङ, ३ का सुजन लोप्चन, ७ का गोपाल परियार र ५ का उमेश माझी रहेको प्रहरीले जानकारी दिएको छ। एकजनाको अनुसन्धान भैरहेकाले नाम खुलाईएको छैन। उनीहरु १९ देखि २८ वर्षसम्मका छन्।

    अन्य मुख्य भनिएका २ जना भने फरार रहेकाले खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। उनीहरुलाई बुधबार र बिहिबार प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रतननगरले जनाएको छ। ‘अनुसन्धानमा दुई वटा विषय देखिएको छ, प्रहरी प्रमुख थापाले भने, पूर्ण अनुसन्धानपछि कारण खुल्छ।’

    एउटा जग्गा सम्बन्धीको केही विवाद देखिएको र अर्काे सोही क्षेत्रमा केही अघि प्रहरीले लागुऔषध सहितका व्यक्ति पक्राउ परेकाले केरा व्यवसायीले सूचना दिएको भन्ने  रिसिइवीमा केरा फाँडेको प्रहरी प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ। 

    अज्ञात समुहले सोमवार राती १२ जना केरा किसानको रु १५ लाख ४७ हजार मुल्य पर्ने ३ हजार ९४ बोट केरा बगानमै पसेर काटी नष्ट गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]