|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशभरका यातायात सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका यातायात समितिका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्दै मन्त्री थापाले  यातायात सेवा ठप्प पार्दै आन्दोलन गरिरहेका यातायात समितिका पदाधिकारीलाई अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरूप कारबाही गर्न सम्पूर्ण जिल्ला प्रशाशन कार्यलयलाई निर्देशन दिएका हुन्। पत्र पायसँगै सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरूले यातायात समितिका पदाधिकारी पक्राउ गरी कारबाही गर्ने बाटो खुलेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले गतवर्ष चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ।  सेण्डिकेट पक्षधर सो महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै  देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.