|

लमजुङः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणलाई केन्द्रित गरेर विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक लगाइने भएको छ। मोदीको सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो।

पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले मनाङबाट मुस्ताङ पुग्न पदमार्गमा पर्यटक आवागमन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।  जिल्ला प्रशासन कार्यालय मुस्ताङको आग्रहमा मनाङतर्फको मार्ग पर्यटकलाई रोक लगाउन लागिएको हो। 

कार्यालयका वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिनेछ। मनाङबाट थोरङ्ला भञ्ज्याङ जाने पर्यटकलाई रोक लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई निर्देशन दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले बताए।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक लमजुङ हुँदै मनाङ पुग्छन्। पर्यटक मनाङ पुगिसकेको भए पनि निषेध अवधिमा मुस्ताङ प्रवेश गर्न नपाउने बताइएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.