|

सुर्खेत : सुर्खेतका सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरूको भागाभाग भएको छ। सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरूलाई पक्राउ गर्न प्रहरी प्रशासन लागि परे पनि कसैलाई पक्राउ गर्न नसकिएको सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चतुर्वदीले जानकारी दिएका छन्।

यातायात व्यवसायीहरू भागेर ठाउँ छाडेकाले पक्राउ गर्न नसकिएको उनको भनाई छ। व्यवसायीहरूलाई सम्पर्क गर्न खोज्दा मोवाइल स्वीच अफ रहेका छन्।सुर्खेतमा यातायात व्यवसायीहरूको बन्दको प्रभाव आंशिक रुपमा परेको छ। छोटो दूरी र लामो दूरीका सवारी साधन नचले पनि औसत दूरीका सवारीसाधन सञ्चालन भइरहेको प्रहरी प्रमुख चर्तुवेदीले बताए। सुर्खेतबाट नेपालगंजका लागि यात्रुको चाप बढी भएको पनि चर्तुवेदीले जानकारी दिए। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका दुईवटा यातायात समितिका वाहेक अन्य समितिका सवारी साधनहरू सञ्चालन भएका छन्।

सुर्खेतका दईवटा यातायात समिति मध्यपश्चिम यातायात र काक्रेविहार यातायात वाहेकका अन्य समितिका सवारी साधनहरू सञ्चालन भइरहेको सुर्खेत प्रहरी प्रमुख चर्तुवेदीले जानकारी दिए। यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीहरू भने सुर्खेतमा पक्राउ परेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.