|

काठमाडाैं : यातायात व्यवस्था विभाग सिन्डिकेट समर्थक यातायात व्यवसायीप्रति आक्रामक रुपमा प्रस्तुत हुने भएको छ। सरकारले रुट लिएर पनि सवारीसाधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्न निर्देशन दिए लगत्तै विभागले आफूलाई आक्रामक रुपमा अघि सारेको हो।

शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराईले सरकारको निर्देशनको पालना सबैले गर्नुपर्ने भन्दै सवारीसाधन संचालन नगर्ने व्यवसायीको रुटपरमिट निलम्बन गर्ने बताए।

व्यवसायीलाई अनुकूलतामा कम्पनी, फर्म, सहकारी तथा व्यक्तिगत भए प्रोपाइटर फर्ममा दर्ता हुन निर्देशन भइसकेकाले संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका व्यवसायिक संस्थाहरूलाई सोही ऐन अन्तर्गत नविकरण नगरिने स्पष्ट पारे। उनले सरकारले दैनिक यातायात संचालन गर्न निर्देशन दिइसकेकाले सोको पालना नभए अझै कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिए।

उनले सवारी साधन संचालन गर्नेलाई सुरक्षा र नगर्नेलाई निलम्बन गर्नुको साथै नयाँलाई सवारी संचालनका लागि आव्हान गरिने र आवश्यकताको आधारमा तत्काल रुट परमिट दिइने बताए। समस्या लम्बिदै गएको अवस्थामा प्याब्सन, एन प्याब्सन, निजी कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, लगायतका सवारी साधनलाई सार्वजनिक यातायात सेवा रुपमा परिचालन गर्ने तयारी भइरहेको पनि उनेले जानकारी दिए।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सिन्डिकेट खारेज गर्ने निर्णयको विरोधमा शुक्रबार मुलुकभर सार्वजनिक यातायात सेवा बन्द गरेपछि सरकारको निर्देशनमा प्रहरीले काठमाडाैंको भृकुटीमण्डपबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहित केही व्यवसायीलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.