अब समितिका काउन्टर नरहने

|

काठमाडौं: शुक्रबार गाडी बन्द गरेर सरकारले लिएको नीतिको विरोधमा लागेका यातायात व्यवसायीको रुट परमिट खारेज गर्ने पक्रिया सुरु भएको छ। देशै भर कुन कुन यातायातले गाडी चलाएको वा नचलाएको भन्ने विषयमा तथ्यांक संकलनमा लागेको यातायात व्यवस्था विभागले शुक्रबार काठमाडौंको 'एस फाइभ रुट'मा चल्ने गाडीको रुट परमिट खारेज गरेको हो। 

एस फाइभअन्तर्गत नयाँ बसपार्कदेखि सामाखुसी, रत्नपार्क,  सिनामंगलको रुट रहेको छ। यो रुटमा रुटपरमिट लिएका २६ वटा माइक्रोको परमिट खारेज गरेको यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी गराए। 

'सरकारी नीति मान्दिनँ भन्दै यातायात बन्द गर्ने व्यवसायीको रुट परमिट खारेज गर्न सुरु गरेका छौँ अहिले एस फाइभको रुट परमिट खारेज भइसकेको छ' अर्यालले थाहाखबरसँग भने। उनका अनुसार अहिले देशभरबाट नै तथ्यांक संकलनको काम भइरकेको छ। अहिले यातायात समितिले सञ्‍चालन गरेका काउण्टरमा कम्पनी काउन्टर बस्ने अर्यालले बताए। 

खारेज गरिएको रुटमा नयाँ गाडी
खारेज गरिएको रुटमा अब नयाँ गाडीले परमिट लिन सक्ने व्यवस्था विभागले गरेको छ। 'खारेज भएको ठाँउमा नयाँ गाडी आउँछ' अर्यालले भने। उनले यी गाडी पुन सञ्‍चालन गर्छु भनेर व्यवसायी आएमा बन्द गरेबापतको दण्ड सजायका साथै कानुनी प्रकिया सबै पूरा गर्नु पर्ने उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.