|

गोरखा : मनासलु पदमार्गमा भीरबाट लडेर एक स्पेनी नागरिकको मृत्यु भएको छ। मनासलु पदमार्गको धार्चे गाउँपालिका ३ स्थित उहियाको तातोपानी खण्डमा शुक्रबार भीरबाट लडेर ६२ वर्षीय सान्चे भालेरो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

‘पर्यटक लडेर घाइते भएको भनेर जानकारी आयो’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले भने, ‘उनी लडेर घाइते भएको सूचना पाउने वित्तिकै उद्धार गरी उपचार गर्न भनेर डाइनेस्टिक एयरलायन्सको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो। काठमाडौँ नपुर्‍याउँदै बाटोमै मृत्यु भएछ।’

हेलिकोप्टरले उद्धार गरी स्पेनी नगरिकलाई राजधानीको शिक्षण अस्पताल पुर्‍याइको थियो। उनको साथमा एएजी २९३८०५ नम्बरको राहदानी भेटिएको अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.