|

इलाम : इलामको पशुपतिनगरबाट कञ्चनजंघा बेसक्यामसम्म पुग्ने बैकल्पिक नयाँ बाटोको अध्ययन खाेजी सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिको सहकार्यमा सात लाख रुपैयाँको खर्चमा अध्ययन थालिएको हो। 

वार्षिक ४० हजार पर्यटक पुग्ने कञ्चनजंघा वेस क्याम्पमा नेपालको बाटो भएर ४०० पर्यटक मात्र पुग्ने गरेका छन्। यसरी नेपाल प्रवेश गर्ने धेरै पर्यटक भारतको बाटो भएर प्रवेश गर्ने भएकाले नेपालबाट बैकल्पिक बाटो अनिवार्य सञ्चालन हुनुपर्ने महसुस गरेर यो मार्गको अध्ययन सुरु गरिएको मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए। १९ दिनको समय लगाएर पदमार्गको अध्ययन गरिने छ। अध्ययन टोलीले रिपोट तयार पारेपछि यो पदमार्ग नेपाल पर्यटन बोटले सञ्चालन गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.