|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका हुन्।

गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका पाँच हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका तीन तीन हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिँदैछन्।

काठमाडौं उपत्यका, जनकपुर, मक्तिनाथ र आसपासका क्षेत्रसहित र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यो संख्या भारतीय सुरक्षाकर्मीबाहेकको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.