छापा

१० वर्षमा नभएको काम १० दिनमै !
SHARES

बैशाख २२, २०७५

    जनकपुरधाम : दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ। यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि भने १० वर्षमा हुन नसकेको काम १० दिनमा सम्पन्न गर्ने तत्परता देखिएको छ।

    अस्पताल क्षेत्रलाई सफा र व्यवस्थित बनाउन स्थानीय अगुवाले नगरपालिका समक्ष माग गर्दै आए पनि अवस्था जस्ताको तस्तै थियो। मोदीले पूजापाठ गर्ने जानकी मन्दिर र अभिनन्दनस्थल बाह्रबिघा मैदानको बीचमा पर्ने अस्पताल क्षेत्रलाई अहिले फोहोरमुक्त बनाउन कामदार खटाइएका छन्।

    मोदी त्यही बाटो जाने भएपछि सडकलाई सुन्दर र सफा बनाउन लागिएको हो। जनकपुर उपमहानगरपालिकाले अहिले अस्थायी रुपमा सकडक र नाला निर्माणको काम गरिरहेको छ।

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]