|

पाल्पा : जिल्ला सदरमुकाम तानसेनमा ट्रिपरको ठक्करबाट शुक्रबार राती एक नाबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ भैरहवाका केसरबहादुर दर्लामीकी छोरी पाँच वर्षिया आनसिक दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले बताए।  उनका अनुसार बुबा केसरबहादुर र नाबालिकाकी आमा समेत घाइते भएका छन्। उनिहरुको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएका छन्।

जिल्लाको सिद्देश्वरबाट ढुंगा लिएर आउँदै गरेको लु२ख २४४० नम्बरको ट्रिपरले तानसेनबाट बतासे तर्फ जाँदै गरेको लु १ प ८७५९ नम्बरको मोटरसाइकलाई तानसेन–३ अपुभिलेजमा ठक्कर दिएको प्रहरी नायव उपरिक्षक घिमिरेले बताए। नाबालिका अनसिकाको घट्ना स्थलमै मृत्यु भएको हो। ट्रिपर र चालकलाई प्रहरीले नियन्णमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.