|

गुल्मी :  उद्योग वाणिज्य संघ गुल्मीका पदाधीकारीहरू महोत्सवको आम्दानीबाट भ्रमणमा निस्किएका छन्। चैत १६ गतेदेखि २६ गतेसम्म तम्घासमा चलेको तेस्रो गुल्मी महोत्सवको आय ब्यय विवरण अहिलेसम्म पनि सार्बजानिक नगरी उनीहरू बैशाख २० गतेदेखी रारा भ्रमणमा निस्किएका छन्।
निर्बतमान अध्यक्ष अखिलेश्वर पाण्डेले अनुसार महोत्सब सकाएर थकान मेट्न र अध्ययन भ्रमण्ढाका लागि टोली गएको बताए। पाण्डेका अनुसार उनले आफ्नो कार्यकालमा महोत्सब सकिएको एक हप्तामा नै आय ब्यय विवरण सार्वजनिक गरेका थिए। 

अहिले के कारणले विवरण सार्वजनिक गरिएको छैन भनेर आफूलाई थाहा नभएको उनले बताए।  महोत्सबमा  एक करोडको हाराहारीमा आम्दानी भएको र ६० देखी ६५ लाख सम्म खर्च भएको अनुमान गरिएको छ। सबैभन्दा बढी खर्च  स्टल ब्यबस्थापन र कलाकारहरुमा भएको हुन सक्ने लोक दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष जनक पन्तले बताएका छन्। पन्तका अनुसार महोत्सबको आम्दानी र खर्च विवरण सार्वजानिक समयमा नै हुनुपथ्र्यो। आयब्यय विवरणनै सार्बजानिक नगरी भ्रमणमा निस्कँदा सर्वसाधारणहरूमा शंका उत्पन्न भएको उनले बताए।
तेस्रो गुल्मी महोत्सबका सांस्कृतिक समितिका संयोजक अनुप कुमा श्रेष्ठका अनुसार कलाकार ब्यबस्थापनमा मात्रै १७ लाख खर्च भएको छ। उनका अनुसार अहिले वाणिज्य संघको टोली एक हप्ते भ्रमणमा निस्किँदा आफूलाई पनि अफर आएको तर आफ्नो व्यस्तताका कारण जान नसकेको उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.