|

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन्। सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण नजिकिँदै जाँदा उनको स्वागत र अभिनन्दनको तयारी तीव्र पारिएको छ। बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट उनी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन्। 

कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन्। मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केशी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.