|

काठमाडौं : चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ। नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो। निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको तथ्यांकमा उल्लेख छ। यो गत आर्थिक वर्षको भन्दा करिब १० अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षमा कुल एक खर्ब आठ अर्ब रुपैयाँको इन्धन आयत भएको थियो। गत आर्थिक वर्षमा कुल २२ लाख २९ हजार ७४० किलो लिटर इन्धन आयत भएको थियो। 

आव २०७० ७१ मा एक अर्ब ६४ करोड रुपैयाँको १४ लाख ४० हजार ९३५ रुपैयाँको इन्धन आयत भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.