|

काठमाडौं : अन्तर्राष्ट्रिय व्यापारमा वर्सेनि अत्यधिक व्यापार घाटा  व्यहोर्दै आएको नेपालले करिब दुर्२ दर्जन देशसँग भने नाफाको व्यापार गरिरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको व्यापार तथ्यांकअनुसार विभिन्न २३ देशसँग नेपालकाृ व्यापार नाफामा देखिएको हो।

यो अवधिमा कुल आठ खर्ब २० अर्बको अन्तर्राष्ट्रिय व्यपार भएकामा नेपाल सात खर्ब १३ अर्ब रुपैयाँको व्यापार घाटामा छ। यद्यपि २३ देशसँग नेपालको व्यापार दुई अर्ब ६२ करोड ६७ लाख रुपैयाँ नाफामा रहेको तथ्यांकले देखाएको छ। युरोपेली मुलुक टर्कीसँगको व्यापार सबैभन्दा धेरै नाफामा रहेको छ।

आठ महिनामा टर्कीबाट एक अर्ब १० करोडको वस्तु आयात गर्दा करिब दुई अर्बको नाफा भएको छ। टर्कीमा नेपाले जनावरको छाला, पोलिस्टर, धागो, कार्पेटलगायत निर्यात गर्छ

यसपछि संयुक्त अधिराज्यसँग नेपालको व्यपार ५६ करोड ७६ लाख रुपैयाँले नाफामा छ। नेपालीको रोजगारीको आकर्षक गन्तव्य मध्यपूर्वी देश कुवेतसँगको व्यपारमा पनि नेपाल १९ करोड ९९ लाख रुपैयाँले नाफामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.