|

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकामा हुने अनियमितता रोक्न ‘मुहान सफा गर्ने’ बारम्बार बताए पनि वर्षौंदेखिको व्यापारी र कर्मचारीको ‘दस्तुरी’को जालो भत्काउन सकेका छैनन्।

फागुन १४ मा अर्थमन्त्रीको जिम्मेवारी लिएलगत्तै खतिवडाले भन्सार बिन्दुमा भइरहेको अनियमिता हटाएर ‘मुहान सफा’ गर्दै राजस्व बढाउने बताएका थिए। खतिवडा अर्थमन्त्री भएको दुई महिनाभन्दा बढी भए पनि उनले भने अनुसार राजस्व असुली बढ्न सकेको छैन।

भन्सार विभागका अनुसार खतिवडा अर्थमन्त्री हुनुभन्दा अगाडि प्रत्येक महिना औसत २४–२५ अर्ब रुपैयाँ राजस्व असुली हुन्थ्यो। फागुनपछि वैशाख १५ सम्म आउँदा यो तथ्यांकमा परिवर्तन भएको छैन। अर्थमन्त्री खतिवडाले मुख्य–मुख्य भन्सार कार्यालयका प्रमुखलाई काठमाडौंमै बोलाएर राजस्व असुलीमा कडाइ गर्न निर्देशन दिएका थिए। खतिवडाले भनेका थिए, ‘सरकारले तोकेको राजस्वको लक्ष्य ‘फ्लोर’ मात्र हो र त्योभन्दा धेरै राजस्व उठ्छ र उठाउनैपर्छ। यो नै मेरो बटमलाइन हो।’

अर्थमन्त्रीले निर्देशन दिएको १–२ दिन राजस्व असुली उच्च पनि भएको थियो। त्यसपछिको संकलन चालु आवका अन्य महिनाभन्दा फरक छैन। मेला, पर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका छन्। नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.