|

गौशाला : महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा शनिबार राति भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही नगरपालिका–६ का अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

राति करिब ७ बजे गाउँमा बनिरहेको सडकबारे विवाद हुँदा दुई समूहबीच झडप हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय ६५ वर्षीय शिवशरण दास र ३२ वर्षीय इन्द्रजित दासलाई राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आँप बगैंमा युवकको शव

यसैगरी महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँप बगैंचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैंचामा स्थानीय ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा भेटिएको हो। उक्त घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.