|

ओखलढुंगाः ओखलढुंगा जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिहरूको दुईदिने भेला शनिवार सम्पन्न भएको छ। जननिर्वाचित संघीय सांसद, दुवै क्षेत्रका प्रदेश सांसद, नगरपालिका र ७ ओटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्षाहरू सहभागी भेलाले १० बुँदे साझा घोषणापत्र सार्वजनिक गर्दै भेला सम्पन्न भएको हो।

जिल्लाको समृद्धि र विकास निर्माणप्रतिको प्रतिबद्धताका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात, विद्युत, सञ्चार, बैंक, वन लगायतका विषयमा घोषणापत्रमा केन्द्रित छ। जिल्लामा जनप्रतिनिधिहरू बीचमा भएको यो पहिलो भेला हो। भेला जिल्ला समन्वय समितिको आयोजना तथा युएसए आईडी र एफएचआई ३६० अन्तर्गत सोच नेपाल र सबल परीयोजनाको सहजीकरणमा भएको हो। 


भेलाले घोषण गरेकोे साझा घोषणापत्रः 
नेपालको संविधान २०७२ ले नेपाललाई संघिय संरचनामा स्थापित गरि तिनै तहका सरकारहरु समेत संचालनमा आईसकेको वर्तमान अवस्थामा संविधानको मर्मलाई आत्मसाथ गर्दै जिल्लावासीको समृद्धि र विकासको चाहनालाई यथासक्य छिटो पुरा गर्ने उद्देश्यले हामी ओखलढुंगा जिल्लाबाट निर्वाचित संघिय सांसद, प्रदेश सांसदहरु, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख एवं वडाध्यक्ष समेतको भेलाले विकासका साझा बुझाई तय गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै ओखलढुङ्गा जिल्लाको प्रथम अन्तर तहका जनप्रतिनिधिहरु बीचको अभिमुखिकरण कार्यक्रम २०७५ बैशाख २१ र २२ गतेको निश्कर्ष स्वरुप समग्र जिल्लाको समृद्धि र विकास निर्माणप्रतिको प्रतिबद्धता स्वरुप यो घोषणा पत्र जारी गरिएको छ । 
 १) शिक्षा
नेपाली जनताको आधारभूत आवश्यकताको महत्वपूर्ण पक्ष सवै नेपाली साक्षर हुनुपर्ने, शिक्षा वैज्ञानिक रोजगार मूलक, सर्वसूलभ र सवैको पक्षमा हुनुपर्ने आजको आवश्यकतालाई दृष्टीगत गरी 
1  जिल्लाका सबै बालबालिकालाई अनिवार्य विद्यालय पठाउने अभियान संचालन गरिने छ । 
2  सामुदायीक विद्यालयहरुको गुणस्तर बृद्धि गरिने छ  । 
3  हाल उच्च मा.वि. सञ्चालन भएको मा.वि.हरुमा क्षमता हेरी विभिन्न प्राविधिक शिक्षालय सञ्चालन गरिने छ ।
२) स्वास्थ्य 
1  सबै वडामा स्वास्थ्य चौकी स्थापना गरिने छ  । 
2   सातवटै गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने छ  । 
3  ओखलढुंगा जिल्लामा स्वास्थ्य बिमा लागु गरिने छ  ।
३ कृषि  
1  कृषि उत्पादनमा जोड दिँदै पकेट, ब्लक र जोन क्षेत्र छुट्याई आधुनिक कृषी प्रणाली मार्फत अगर््यानीक खाद्य उत्पादन गरिने छ  । 
2   कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायिकिरण गर्ने । कुन स्थानमा कस्तो वाली उत्पादन हुन्छ सोहि अनुसार योजना वनाउने । समग्र जिल्लामा व्यवसायीक तरकारी खेतिमा थप प्रोत्साहान गरिने छ  । 
3 जिल्लाका युवावर्गलाई व्यवसायिक कृषी तर्फ आकर्षित गर्ने विशेष योजना बनाईने छ । 
4 ओखलढुंगा जिल्लालाई अर्गानिक खाद्य उत्पादनको केन्द्र बनाईने छ ।
5 पशुपालनलाई जिल्ला अभियानकारुपमा विस्तार गर्ने, पशुपालनलाई प्रबद्र्धन गर्न पशुबिमा लागु गरिने छ  ।
४) पर्यटन 
1जिल्लाका हरेक गाउँपालिका वा नगरपालिकाले कम्तिमा एक पर्यटन केन्द्र स्थापना गरी ति सबै पर्यटकिय केन्द्रलाई जोड्ने गरी सडक वा पर्यटक पदमार्ग निर्माण गरिने छ । 
2ककनी, पोकली झरना, सेप्ली झरना, देम्बा, चुली, लगलगे, कोषभञ्ज्याङ्ग, कोटगढी, जन्तरधाप, लिब्जु, थामडाँडा, नर्मदेश्वर महादेव लगायत सम्भावित क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाईने छ । 
3 शिरिसे, पोकली, खिजीदेम्बा, जन्तरधाप, ओखलढुंगा पर्यटकीय मार्ग, साँघुटार, ककनी, तीनतले अर्को मार्ग निर्माण गर्दै पत्ताले जन्तरधाप, ओखलढुंगा, लगलगे, जयराम, हलेसी पर्यटकीय मार्ग निर्माण गरिने छ ।

५) यातायात 
1मोलुङ एकवार, लिखु एकवार र दुधकोशी एकवार सडक निर्माण सम्पन्न गरिने छ।
2साँघुटार ओखलढुंगा, सिलौरीघाट मोटरबाटो कालोपत्रे गरिने छ ।
3नवलपुर कोषहाट ककनी सडक निर्माण संपन्न गरिने छ । 
4शिरिसे पोखरीडाँडा श्रीचौर ओखलढुंगा र खिजिफलाँटे मंगलबारे प्राप्चा रामपूर सडक निर्माण गरिने छ 
5सबै गा.पा. केन्द्र र वडाबीच सडक सञ्जाल विस्तार सम्पन्न गरिने छ ।
६) विद्युत 
1आगामी ५ बर्ष भित्र ७५ वटै वडामा विद्युत विस्तार गरिसक्ने र उज्यालो ओखलढुंगा बनाईने छ । 
2मोलुङ, दुधकोसी, लिखु बाट क्रमशः विद्युत उत्पादन गरिने छ ।
3उर्जा मन्त्रालयको समन्वयमा जिल्लाको कुनै एक जलविद्युत आयोजनामा सबै जिल्लाबासीको लगानी र सहभागीता रहने गरी जनता जलविद्युत आयोजना निर्माण गर्ने । 
७) सञ्चार 
1 जिल्लाका सबै स्थानमा टेलिफोन र ईन्टरनेट सेवा पुर्याईने छ । 
2स्थानीय तहलाई मध्यनजर गर्दै सामुदायिक एफ.एम.रेडीयो सञ्चालनमा सहयोग र सञ्चालनमा प्रोत्साहन गरिने छ । 
८) बैँक 
1सबै गाउँपालिकामा बैँक स्थापना स्थापना गरिने छ । 
2राज्यको नीति अनुरुप सहकारी संस्था स्थापना एवं प्रबद्र्धनमा गरिने छ ।
९) वन 
1 हरियो वन नेपालको धन भन्ने उक्तीलाई जोड दिँदै वनको संरक्षण उपभोक्ताहरुबाटै गराउने विद्यमान नीतिलाई थप प्रोत्सान गरिने छ । 
2औषधीजन्य जडीबुटी चिराईतो, ठूलोओखती, पाखावेत, पदमचाल, सुनाखरी, खयर, लोक्ता, मछिनो, तितेपाती, जस्ता जडीबुटीहरुको संकलन र संरक्षणमा जोड दिँदै आय आर्जनमा बृद्धि गरिने छ ।
3ओखलढुंगाको गौरबको रुपमा रहेको गौरीवन गुरुयोजना निर्माण गरिने छ ।
4 एक व्यक्ति एक फलफूलको बिरुवा रोप्ने अभियान सञ्चालन गर्दै हरियो ओखलढुंगालाई सुनिश्चित गर्दै सिजनल फलफूलमा ५ बर्ष भित्रमा स्वावलम्भि जिल्ला बनाईने छ । 
१०. विविध
1सम्भावित खनिज पदार्थको खानी अन्वेषण सम्वन्धीत निकायसँग समन्वय गरी सञ्चालन गरिने छ ।
2एक गाउँपालिका एक उद्योग सञ्चालनका लागि विशेष पहल गरिने छ  ।
3यस जिल्लालाई सुशासन युक्त र भ्रष्टचारमूक्त जिल्लाको रुपमा स्थापीत गराईने छ । 
4जातिय छुवाछुतलाई हदैसम्मको अमानविय कार्य मान्दै जातिय विभेद र छुवाछुतजस्ता अपराधमुक्त जिल्ला बनाईने छ । 
5जातिय छुवाछुत, लैङ्गिक हिंसामा संलग्न व्यक्ति वा समूहलाई सुविधा बहिष्करण गर्ने व्यवस्था गरिने छ ।
6सिद्धिचरण नगरपालिकालाई नमूना न.पा. बनाउन विशेष कार्यक्रम ल्याईने छ । 
7रुम्जाटारमा नियमित उडान सञ्चालन गर्नुका साथै निर्माणधिन खिजीचण्डेश्वरी एयरपोर्ट निर्माण सन्पन्न गरी सञ्चालन गरिने छ । 
8सूचना प्रविधिको अत्याधिक प्रयोग गरि जिल्लाभरीका सार्वजनिक तथा नीजि संस्थाका सेवा प्रवाहलाई सहज बनाउँदै प्रविधिकै माध्ययमबाट मुल्यांकन तथा नियमन गर्ने व्यवस्था मिलाईने छ । 
9उल्लिखित सम्पुर्ण लक्ष्य प्राप्त गर्न तिनै तहका सरकारले नागरिक समाज, संचार माध्ययम र नीजि क्षेत्रसँग आवश्यकता अनुसार सहकार्य गरिने छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.