|

चितवन : विश्वकै कान्छा निर्देशक १२ वर्षीय सौगात विष्टले निर्देशक गरेको चलचित्र ‘हैरान’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण समुहले प्रचारप्रसार तिब्र पारेको छ।

कान्छा निर्देशक विष्टसहित चितवन आईपुगेको उक्त समुहले आज भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्र प्रेम, कमेडी, सामाजिक विषयबस्तु र द्धन्द्ध समेटिएको मिक्स मसला भएको भन्दै सबै बर्गका दर्शकले हेर्न मिल्ने खालको बनेको जनाएको छ।

आगामी जेठ ४ गतेबाट देशैभरी प्रदर्शनमा आउन लागेको चलचित्रबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकै कान्छा निर्देशक १२ वर्षका सौगात विष्टले ७,८ वर्षदेखिको गृहकार्यपछि निर्माण भएको चलचित्र मिक्स मसला जस्तो रहेको प्रतिक्रिया दिए।

विष्टले भने,‘महत्वपूर्ण चलचित्र बनेको छ, लगानीमा समेत मेरो चाहनाभन्दा बढी निर्माण युनिटले खर्च गरेको छ, ‘हैरान’, मिक्स मसला जस्तो छ भन्दा हुन्छ ।’ नाम अनुसारको चलचित्र बनेको उनको भनाई थियो ।

यसअघि विष्टले पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए। यो उनको दोस्रो चलचित्र निर्देशन हो।

उनका बुबा नायक एबं निर्माता गजित विष्टले फिल्म १ करोड १८ लाखमा निर्माण भएको जानकारी दिए। उहाँले फिल्मको प्रमोसनकै लागि गायन, अभिनय र नृत्यमा अल नेपाल कम्पिटिसन काईक्रम समेत भैरहेको भन्दै विजेताहरुलाई एक एक लाख पुरस्कार दिने र फिल्ममा खेलाउने जानकारी दिए। 

चलचित्रमा सरोज खनाल, निर्मल शर्मा, गजित बिष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निश्मा घिमिरे र एन्जेल राई र आरोही शर्माले अभिनय गरेका छन्। 

थिएटरबाट आएकी शर्माले यही चलचित्रबाट डेब्यू गर्दै छिन्। शर्माले आफुले चलचित्रमा रिपोर्टरको भूमिकामा खेलेको बताईन्।

कलाकार निर्मल शर्माले कान्छो निर्देशकको निर्देशनबाट आफु प्रभावित भएको बताए। अर्का कलाकार सागर लम्साल (बले)ले विदेशीको हैरानी, राजनीतिको हैरानी, प्रेमको हैरानी, एक्सनको हैरानी जोडेर फिल्ममा हैरान नै हैरान रहेको बताए ।

गजित विष्ट, सम्झना पोखरेल, मुक्ति घले, श्रृष्टी घिमिरे र डा. वाईएल लामाको लगानीमा चलचित्र निर्माण भएको हो । चलचित्रमा अहिलेसम्म टिजर मात्रै सार्वजनिक छ । आज ट्रेलर सार्वजनिक गर्ने निर्माता विष्टले बताए।  २ वटा गीत अझै सार्वजनिक गर्न बाँकी रहेको उनले बताए । यसअघि २ गीत युट्यूवमा सार्वजनिक भैसकेको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.