|

रौतहट : कानुनले नै महिला विरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरेमा त्यो कानूनद्वारा दण्डनीय हुने घोषणा गरेको भएतापनि रौतहटमा भने यस्ता घटना बढ्ने क्रम छ।
बलात्कार लगायतका यौन हिंसा जन्य कार्यबाट दिनहुँ पीडित भैरहनु मधेशी महिला तथा बालिकाहरुकोे नियति नै बनेको छ। महिला तथा बालिकाहरु विरुद्ध दिनानुदिन बलात्कार लगायतका आपराधिक घटनाहरुको बिगबिगी बढेको बढेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङकले देखाउँछ।

रौतहटमा गत साउन देखी यता मात्रै १५ वटा बलात्कारको जबरजस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ। जस मध्ये ११ जना बालिका बलत्कारको शिकार भएका छन। पछिल्लो पटक हिजो शनिबार चन्द्रपुर नगरपालिका वार्ड नं. २ शहिद पार्कका एक बालिका बलात्कृत भएकी छन्। 

१३ बर्षिय बालिकालाइ सर्लाहीको हरिवन नगरपालिका वार्ड नं. ११ बस्ने रिजवान अंसारी र सुनिल दासले मिलेर बलत्कार गरेको आरोप छ। उनी दुइ जना माथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा मुद्दा दर्ता गर्ने तयारीमा रहेका छन । यसैगरी  गत बैशाख १० गते गुजरा नगरपालिका वार्ड नं. ८ पिपरामा एउटा बालिका बलत्कारको शिकार भएकि थिइन्। सो गाउको बासघारीमा लगेर बलत्कार गरेको आरोपमा स्थानिय ३५ बर्षिय रमेश राम बिरुद्ध मुद्दा दायर गरिएको छ।
प्रहरीको तथ्याङक अनुसार गत साउन ५ गते  दुर्गा भगबती गाउपालिका वार्ड नं. १ मा एक महिला बलात्कारको शिकार हुन पुगेकी थिइन्। गंगा पिपरा गाउ घर भएको करिब ४० बर्षिय जवाहीर सहनीले उनलाइ बलत्कार गरेको आरोप छ। सहनी बिरुद्ध मुद्दा चलिरहेको छ ।

त्यस्तै त्यस घटनाको भोलीपल्ट नै यमुनामाइ गाउपालिकाकी एक महिला बलात्कारको शिकार हुनु परेको छ। खेतमा काम गदै गर्दा उनी बलात्कारको शिकार भएकी हुन्। उनले गत कार्तिकमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही गाउँ बस्ने मलाहा भन्ने बिसुन राय यादबलाइ पक्राउ गरी कारबाही भइरहको जिल्ला प्रहरी कार्यालय मुद्दा फाटका प्रमुख तथा प्रहरी निरिक्षक खड्क बहादुर शाहले जानकारी दिएका छन्। यसैगरी फेरी गत असोज २० गते नै खेतबारीमा काम गर्दैगरेको अबस्थामा एक बालिका बलात्कृत भएकी छन्। गौर नगरपालिका वार्ड नं. ६ बस्ने २२ बर्षिय शेख मुस्ताकले ति बालिकालाइ बलत्कार गरेको थियो। मुस्ताक बिरुद्ध मुद्दा चलाइ कारबाही भइरहेको प्रहरीले जनाएको छ।  त्यसपछि  गत असोज १० गते पनि एक महिला बलतकृत हुनु प¥यो।
उनलाई आफ्नै घर भित्र सोही गाउँका ३५ बर्षिय भउच माझिले बलत्कार गरेको आरोप छ। त्यस्तै गत कार्तिक १६ गते पनि चन्द्रपुर नगरपालिका कै वार्ड नं. ७ मा एक बालिकालाई जंगलमा लगेर बलात्कार गरिएको छ। ति बालिकालाई बलत्कार गर्ने चन्द्रपुर नगरपालिका वार्ड नंं ७ बस्ते श्रवण महतोलाइ प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

फेरि गत मंसिर २५ गते इशनाथ नगरपालिका वार्ड नंं ३ मा एक बालिका गाइ गोठमा बलात्कारको शिकार भइन्। उनलाई बलत्कार गर्ने ४५ बर्षिय शम्भु यादब माथि स्थानीय तथा आफन्तले उजुरी  गरेपछि उनलाइ पनि मुद्दा चलाइएको छ। 

त्यसपछि गत फागुन १ गते आएर छुटाछुटै स्थानमा एकै दिन दुई बालिका बलात्कारको शिकार भएका थिए। बौधीमाइ नगरपालिका वार्ड नं. ७ फुलवारीमा एक अबोध बालिकालाई सोही गाउँका २४ बर्षिय शेख ओसी अख्तरले बलत्कार गरेको आरोप पछि उनलाई पक्राउ गरी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै सोही दिन गडीमाइ नगरपालिका १ को उखुबारीमा बालिका बलत्कार भएकी थिइन। उनलाई सोही गाउँका २२ बर्षिय शेख इम्ब्राहनले बलत्कार गरेको आरोप छ। त्यस घटनाको ५ दिन बित्न नपाउदै गत फागुन ५ गते पुनः बृन्द्धावन नगरपालिका वार्ड नं. २ मा एक महिला आफ्नै घर भित्र बलत्कारको शिकार भइन्। उनलाई रातपरेपछि घर भित्रै बलत्कार गरेको आफन्तको आरोप छ। सोही गाउँ बस्ने अलि अख्तरले बलात्कार गरेको आफन्तले उजुरी गरेपछि उनलाई कारबाहीको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ। 

फेरी बृन्द्धावनको बलत्कार घटनाको १० दिन पछि अर्थात फागुण १५ गते गडीमाइ नगरपालिका वार्ड नं. ७ मा बालिकालाइ घर भित्रै लगेर एक नरपिचासले बलत्कार गरेका छन् । गत फागुण १५ गते सोही गाउका १८ बर्षिय छोटु भन्ने फौजान अंसारीले बलत्कार गरेको स्थानीय र तथा आफन्तको आरोप छ। जस अनुसार अंसारीलाइ पक्राउ गरी कारबाहीको लागि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। 

यसैगरी गत फागुन २१ गते चन्द्रपुर नगरपालिका वार्ड नं.१ पौराइकी एक बालिका बलत्कारको शिकार भइन । ति बालीकालाइ सर्लाही जिल्ला लालबन्दी नगरपालिका वार्ड नं. १६ घर भएका बिरगंजमा डेरा गरी बस्ने १७ बर्षिय संजय विश्वकर्मा पक्राउ परेका छन्। प्रहरीले उनीमाथि मुद्दा चलाएको छ ।
पुनः चैत्र ११ गते गौर नगरपालिका वार्ड नं. ७ मा फेरी एक बालिका बलत्कारको शिकार हुनु पर्यो । उनीलाइ सोही गाउँका ३० बर्षिय अर्जुन माल्लिकले बासघारीमा लगेर बलात्कार गरेको आफन्तको आरोप छ । त्यस घटनाको १३ दिन नबित्दै अर्थात गत चैत्र २४ गते देवाही गुनाही नगरपालिकामा फेरी बालिका माथि करणी गर्न खोज्दा खोज्दै एक युवक समातिएका थिए।

गत बर्ष यस्ता बलत्कारका घटना १३ वटा भएका थिए भने ०७२÷०७३ सालमा १७ वटा बलत्कारको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा शाखाले जनाएको छ। बलात्कार न्युनिकरणको लागी नेपाल प्रहरीले सचेतनामुलक कार्यक्रमहरु गदै आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिए। डोर टु डोर, प्रहरी मेरो साथी लगायतका समाजमा सकरात्मक सन्देश दिने खालको सचेतना मुलक कार्यक्रमहरु संचालन गदै आएको प्रहरी उपरिक्षक पोखरेलले बताए। बलात्कारका अभियुक्तहरुलाइ पनि कडा भन्दा कडा कारबाही गर्दै आएको उनले बताए।

यता अधिकारकर्मी तथा अभिबक्ता बिपिन गौतमले बलात्कारको न्युनिकरण गर्न टोल टोलमा सचेतनामुलक सन्देश प्रवाह गरी आम नागरिकलाई सचेत गराउनु पर्ने बताएका छन्। सरोकारवाला संघ संस्थाको निष्क्रियताको कारण पनि यस्तो किसिमको घटनाहरु दिन प्रतिदिन बढ्दै गएको अधिकारकर्मी गौतमले बताए। महिला तथा बालबालिका कार्यालयको भूमिका शुन्य भएको कारण पनि आम नागरिकबीच सचेतनामुलक सन्देश प्रभाबकारी नभएको उनको गुनासो छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.