|

कालिकोट : नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर बिकले समाजमा दलितको जवानी चल्ने तर पानी नचल्ने  बताएका छन्। दलित मुक्ति मोर्चा कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बिकले यस्ताे बताएका हुन्।

पत्रकार सम्मेलनमा मोर्चा अध्यक्ष बिकले समाजमा दलितहरूमाथिको विभेद अझैँ नहटेको भन्दै पृथ्वीमा जन्मेका सबै मानव जाति बराबार हक अधिकार हुँदाहुँदै पनि विभेद रहेको बताए। अध्यक्ष बिकले भने, ‘दलितको जवानी सबैलाई चल्छ, तर तिनै दलितले छोएको पानी चल्दैन।’

समाजमा रहेको विकृति विसंगतिविरुद्ध आफूहरूले निरन्तर संघर्ष गर्ने र त्यसका लागि आवश्यक परे सबै प्रकारका आन्दोलन गर्न पनि तयार रहेको बिकले बताए। ‘जातीय विभेदविरुद्ध सबै प्रकार आन्दोलन गर्न तयार छौं,’ उनले भने, ‘अहिले पनि दलित भएकै कारणले जात लुकाउनु पर्ने अवस्था विद्यमान छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.