|

काठमाडौं : यातायात व्यवसायीले सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयलाई समर्थन गर्दै आन्दोलन फिर्ता लिने भएका छन्। आइतबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा व्यवसायीले आन्दोलन फिर्ता लिने र सरकारले ल्याएको नियममा उल्लिखित व्यवस्थाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए । सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गरिने भएको छ।

देशभर पक्राउ परेका सिन्डिकेट समर्थक यातायात व्यवसायी रिहा भएका छन्। नेपाल प्रहरीका अनुसार देशका विभिन्न ठाउँबाट १६० जना पक्राउ परेका थिए। उनीहरूले आफ्ना सवारीसाधनलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि प्रशासनले रिहा गरेको हो।

नेपाल राष्ट्र बैंकले मुलुकभरका यातायात समितिका सबै बैंक खाता रोक्का गराएको छ। अर्थ मन्त्रालयको सिफारिसमा यातायात समितिका बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.