|

काठमाडौं : रोजगारीको क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको शवलाई व्यवस्थित तवरले परिवारका सदस्यले प्राप्त गर्न सकुन् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव राख्ने, श्रद्धान्जली प्रकट गर्ने प्रतिक्षा कक्ष सञ्चालनमा ल्याइएको छ। 

मृतक कामदारको शव लिन विमानस्थल पुगेका आफन्तले शोकका बेला समवेदना प्रकट गर्नसमेत विभिन्न समस्या भोग्नुपर्ने भएपछि सरकारले आइतबारदेखि वैदेशिक सहयात कक्ष सुरु गरेको हो। 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका नेपालीको समवेदना र आफन्तको सहजताका लागि सेवा कक्ष स्थापना गरिएको बताए। 

‘रोजगारीको विकल्प खोज्दै विदेशमा गएका नेपालीले ज्यान गुमाउनु दुखद् घटना हो’ उनले भने, ‘मृतक कामदारको शव व्यवस्थित गरी आफन्तलाई सहज रुपमा हस्तान्तरण गर्न सहयोग होस् भनेर यस्तो व्यवस्था गरिएको हो।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.