|

बारा : पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। झडपपछि प्रहरीले प्रहरीले २७ राउण्ड हवाइफायर र २३ राउण्ड अश्रुग्याँस प्रहार गरेको हो।

मादक पदार्थ सेवन गरेर एउटै मोटरसाइकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरीको आरोपमा पक्राउ परेकालाई छुटाउन इलाका प्रहरी कार्यालय सेढुवा पुगेका स्थानीय र प्रहरीबीच सोमबार बिहान झडप भएको हो।

इलाका प्रहरी कार्यालय सेढवाले आइतबार नियन्त्रणमा लिएको भारतीय नागरिक भारतको बेतिया जिल्ला भंगहाथानाअन्तर्गत पर्ने शिशवाका बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो,  दिनदयाल महतो र मोबाइल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका दिनेश लामा र सुपा लामालाई छुटाउन स्थानीयले दबाब दिएका थिए।

पक्राउ परेकाहरुलाई छुटाउन पुगेका स्थानीय र प्रहरीबीच लामो समय विवाद भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सेढवाबाट जिल्ला प्रहरी कार्यालय पर्सातर्फ लगेको थियो। 

प्रहरीले भिड नियन्त्रण लिन खोजेपछि स्थानीयले इलाका प्रहरी कार्यालयको प्रतीक्षालय तोडफोड गरेका थिए। स्थानीयले प्रहरीको बा २ ब ५७०५ नम्बरको मोटरसाइकल र ना १४ प ४५७७ नम्बर मोटरसाइकल जलाएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानीयले तोडफोड गरेपछि स्थिति तनाबपूर्ण बनेको हो। स्थिति नियन्त्रणमा लिन हवाइफायर गरिएको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताए। 

झडपमा परी पाँच जना प्रहरी घाइते भएका छन्। घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी नायव निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन्। घाइतेको नारायणी अञ्चल अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ। घाइत प्रहरी खतरामुक्त रहेको अस्पतालका डा. अशोक कुशवाहले जानकारी दिए। 

यस्तो थियो घटना

प्रहरीलाई नै अपहरण गरिएको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेका थियो। एउटै मोटरसाइकलमा चार जना सवार भइ नेपाल प्रवेश गरेका उनीहरुले मदिरा सेवन गरेका थिए। उनीहरुलाई भारत फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो। सीमावर्ती प्रहरी चौकी वलुवा महादेवपट्टीले चेक जाँच गर्ने क्रममा  प्रहरीले सम्झाउँदा प्रहरीलाई नै गालीगलौच गरेपछि नियन्त्रण लिएको प्रहरी बताएको छ। 

प्रहरीको मोटरसाइकलमा दुई जना र आरोपितको मोटरसाइकलमा चौकीका प्रहरी हवल्दार वीरबहादुर गुरुङसहित प्रहरी चौकीमा ल्याउने क्रममा भारततिर जाने बाटोतर्फ लगेका थिए। प्रहरी हवल्दारलाई लैजाने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएका थिए।

आफन्तलाई प्रहरीले पक्राउ गरेको भन्दै सेढवाका स्थानीयले आइतबार राति साढे अ ८ बजेबाट प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीको बिरु४मा नाराबाजी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.