मनोरञ्जन

विश्वकै कान्छा निर्देशकको 'हैरान' ट्रेलर रिलिज
SHARES

बैशाख २४, २०७५

    काठमाडौं : जेठ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'हैरान'को ट्रेलर रिलिज भएको छ। कमेडी संबाद र दृश्यलाई बढी प्राथमिकता दिइएको यस ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई समेटिएको छ।

    कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन्। डेब्यु फिल्म ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए।

    सामाजिक विषयवस्तुलाई समेटिएको यस फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ।

    'डान्स फेभर'को ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डा. वाइएल लामा निर्माता रहेका छन्। फिल्मका कार्यकारी निर्माता सम्झना पोखरेल हुन्। गम्भीर विष्टको कथा तथा नृत्य निर्देशन रहेको यस फिल्ममा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत रहेको छ। चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा नवराज उप्रेती र निरज कँडेलको छायांकन र प्रीतम पाण्डेको सम्पादन रहेको छ।

    हेर्नुहोस् ट्रेलर :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]