|

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असहमत रहँदै आएका असन्तुष्ट नेताहरुले संस्थापनलाई कमजोर बनाउने रणनीति तयार पर्न थालेका छन्।

१३औं महाधिवेशनपछि कांग्रेसमा देखिएका तीनवटा गुटलाई महासमिति बैठकअघि नै दुईमा झारी सभापतिलाई गलाउने तयारी भएको हो। यसका लागि संस्थापन इतरका नेताहरु सक्रिय भएका छन्।

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम प्राप्त गरेपछि कांग्रेसभित्र गुट व्यवस्थापन गर्न नेताहरुलाई दबाब बढ्दै आएको छ। गुटलाई मिलाएरै भए पनि संस्थापनलाई कमजोर बनाउने र महासमितिबाट सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीतिअनुरुप वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह छलफलमा जुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.