|

ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–३ सिकैंचामा निमार्णाधीन घरबाट लड्दा एकको मृत्यु भएको छ। आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका टुईजन बोखिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। 

सोमवार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय तेल्लोक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। उनको शव इलाका स्वास्थ्य कार्यालयमा राखिएको र पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.