मनोरञ्जन

सन्तोष लामाले खाए कोन्ज्योसोमको कसम
SHARES

बैशाख २५, २०७५

    काठमाडौं :  गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन्। 'कोन्ज्योसोमको कसम' बोलको गीतमा सन्तोषले पहिलो पटक आफैं संगीत कम्पोज गरेका हुन्। गीतका शब्द पनि उनकै हुन्। गीतमा संयोजन भने चाँद सिंहले गरेका हुन्।

    बुद्ध धर्ममा तीन शक्तिशाली भगवानको नाममा खाइने कसमलाई लिएर लामाले कोन्ज्योसोममा शब्द भरेका छन्। लामो समयदेखि गीतबाट हराए भन्ने आरोप खेपिरहेका नेपाली तारा–२ का विजयी लामाले यो गीत त्यस्तो आरोप लगाउनेहरुलाई जवाफ हुनसक्ने बताए।

    ‘व्यावसायिक गीतहरु गाउन छाडेको थिएँ,’ लामाले भने, ‘एउटा साधक भएर लागिरहेको थिएँ संगीतमा। तर, कहिले काहीँ यस्ता गीत पनि गाउनुपर्ने हुँदो रहेछ।’

    गीतको भिडियोमा छुल्ठिम गुरुङ, विशाल लामा, कुमार मोक्तान, अनिता गोलेलगायतको अभिनय रहेको छ। यो गीतको भिडियोलाई सुमन सिंग्दान लामाले निर्देशन गरेका हुन्। निशान घिमिरेले सम्पादन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन्। सुबोल थापाको कोरियोग्राफीमा तयार भएको भिडियो युट्युबबाट सार्वजनिक भएको छ।

    भिडियो हेर्नुस :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]