अन्तिम बयान सकिएपछि थुनछेक बहस

|

विराटनर : अवैध साढे ३३ किलो सुन गायव र उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका प्रहरी अधिकारीसहित ३० जना अभियुक्तको बयान मंगलबार सकिँदै छ।

पक्राउ परेका ३० मध्ये सोमबारसम्म २७ जना अभियुक्तको बयान सोमबारसम्ममा सकिएको थियो। जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार एससपी दिवश लोहनी, डिएसपी प्रजित केसी र सञ्जय राउतको बयान आज हुँदै छ। अन्यको बयान सकिइसकेको छ।

घटनामा संलग्न भनिएका अभियुक्तले कस्तो बयान दिए भन्ने विषयमा आजै जानकारी दिन नसक्ने दुलाले बताए।

सोमबार मात्रै १२ जना अभियुक्तको बयान लिइएको थियो। बिहीबारदेखि अभियुक्तको बयान सुरु भएको थियो। पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी विकाशराज खनाल, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काको बयान सकिएको छ। बयान सकिएको यी प्रहरीको उक्त घटनामा संलग्न देखिएपछि पक्राउ परेका थिए।

अन्तिम बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। उक्त काण्डमा अझै ३३ जना फरार छन्। फरार हुनेमा मुख्य नाइके चँुडामणि उप्रेती गोरेसहित बहालवाल एससपी श्याम खत्रीसमेत छन्। मोरङ अदालतको ६ नम्बर इजालमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बयान लिइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.