अनुसन्धान जारी छ : प्रहरी

|

बारा :  बाराको सिम्रौनगढ नगरपालिका-६ स्थित जंगलमा वीभत्स अवस्थामा शव फेला परेको छ। स्थानीय विलास सर्भाङ्गको वर्षीय ८ वर्षीय छोरा शिवसुन्दर सर्भाङ्गको वीभत्स शव फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। शरिरका आधा भाग नभएको अवस्थामा शव सोमबार भेटिएको हो। उनी गत बुधबारदेखि बेपत्ता भएका थिए। 

शव पेष्टमार्टम गरिएको छ। शिवसुन्दर सिम्रौनगढस्थित घरबाट आमा शारदासंग बुधबार भारतर्फ गएका थिए। उनीहरु अझै सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक लालसर्वश्री बहादुर सिंहले बताए।

उनको दिदीले पाइन्ट र खुट्टामा बाँधिएको कालो डोरीले शव पहिचान गरिएको प्रहरीले जनाएको छ। शव टुक्रा–टुक्रा अवस्थामा भेटिएको छ। शरीरको खप्पर, कपाल र चारवटा करङ एकतिर र कम्मरमुनिको भाग अर्कोतर्फ फेला परेको प्रहरीले बताएको छ। कपाल र शरीरको विभन्न भागमा लुछिएको अवस्थाले जनावरले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।

यस्तो घटना

श्रीमान छाडेर दोस्रो विवाह गरेकी शारदाले छोरोलाई लिएर भारततर्फ लगेकी थिइन्। विलासलाई छाडेर करिब पाँच वर्षअघि भारत विहारका विकाउ रामसँग दोस्रो विवाह गरेकी थिइन्। आमाले दोस्रो विवाह गरेपछि बुबासँगै बस्दै आएका थिए। बिलासको तीन वर्ष मृत्यु भएको थियो। बुबाको मृत्युपछि जेठा दाईले पालनपोषण गर्दै आएका थिए।

पति छाडे पनि शारदा छोरा–छोरी भेट्न बेला–बेलामा आउने गरेकी स्थानीयले बताएका छन्। दोस्रो विवाहको पाँच वर्षपछि छोरा आफैँसँग राख्छु भन्दै भारतर्फ लगेकी थिईन्। पहिलो पतिबाट पाँच सन्तान जन्माएकी शारदाले दोस्रो पतिबाट डेढ वर्षअघि एउटा सन्तान जन्माएकी छिन्।

दोस्रो पतिबाट सन्तान भए पनि पहिलो पतितर्फको कान्छो छोरालाई बेला–बेलामा लैजाने गरेकी स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक लालसर्वश्री बहादुर सिंहले बताए।

डोम समुदायकी शारदा नियमित मदिरा सेवन गर्ने गरेकी थिईन्। विहारमा मदिरा सेवनमा प्रतिवन्ध लगाएका कारण पति–पत्नी नै नेपाल आउने गरेका थिए। बुधबार मदिरा सेवन गरी बाटोमा लडिरहेको अवस्थामा प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको प्रहरी उपरीक्षक सिंहले बताए। राती पत्नी खोज्दै आएका विलाससंगै मदिराको नशामा शिवसुन्दरलाई भारततर्फ लगेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.