|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका र चीनको छेन्दु महानगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ। मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी छेन्दु महानगर पार्टी कमिटीका सेक्रेटरी आबु र चौतारा नगरपालिकाका प्रमुख अमानसिं तामाङबीच भएको भेटघाट कार्यक्रममा दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गरी अाफ्नाआफ्ना पक्षबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ।

चीनबाट छेन्दु नगरपालिकाका उपमेयर बाङ्दुई, छेन्दु महानगर पार्टी डेपुुटी सेक्रेटरी डेङ्लङ र छिङवाजिन, छेन्दु महानगर फाइनान्स डाइरेक्टर तिवागेसङ र छेन्दु महानगर स्टाफ ओभरसियर चेन विङसहितकाे टाेली सिन्धुपाल्चोकको चौतारा आइपुगेको चौतारा साँगाचोकगढी नगरपालिकाकाकी उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन्।आफ्नोतर्फबाट यस नगरपालिकाको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता चिनियाँ कम्युनिस्ट पार्टी छेन्दु महानगर पार्टी कमिटीका सेक्रेटरी आबुले जानकारी दिए। 

चिनियाँ टाेलीले मंगलबार चौतारा नगरपालिकामा रहेको सिन्धुपाल्चोकको ठूलो गौराती भीमेश्वरको दर्शन गर्ने याेजना रहेकाे नगरपालिकाले जनाएकाे छ। त्यसैगरी चौतारा बजार नजिकै रहेको एक गुम्बा र २०७२ को विनाशकारी भूकम्पबाट मृत्यु भएकाहरूकाे सम्झनामा बन्दै गरेको भूकम्प स्मृति पार्कको अध्ययन गर्ने कार्यक्रम पनि रहेकाे बताइएकाे छ। चिनियाँ टाेलीसँगकाे भेटघाटमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले आफ्नो नगरपालिका र समग्र जिल्लाको वस्तुस्थितिबारे जानकारी गराएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.