|

गुल्मी : जिल्लाको मुसीकोट नगरपालिका १ पौदीअमराई डिलबहादुर थापाकी श्रीमती मानदेवी थापा विगत १८ महिनादेखि सम्पर्कमा छैनन्। १० र १३ वर्षीय छोरा र आफूलार्इ छोडेर श्रीमती सम्पर्कविहीन भएको भन्दै पीडित थापाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएका छन्।

भारतमा जागिर गरेर घरपरिवार पाल्दै आएका उनले श्रीमतीकै नाममा तम्घासको चारी खोलामा १५ लाख रुपैयाँ बराबरको घरीघडेरी किनुका साथै चार लाख रुपैयाँ बराबरको गरगहनासमेत श्रीमतीकै साथमा रहेको उनले बताए। यो भन्दा अघि पनि पटक पटक घर छोडेर जान अाउने गरी मनदेवी यो पटक १८ महिनादेखि घर नअाएकी पीडित डिलबहादुरले बताए।

‘पहिला पनि विभिन्न बहान बनाउँदै घर छोडेर हिँड्ने र पछि फर्केर आउने गरेकी थिएन्। अहिले त धेरै समय भयो घर फर्केर नआएको,’ उनले भने, ‘बीचमा कहिले काही सम्पर्क हुन्थ्यो बिस्तारै अब मलाई फोन नगर भनेर उल्टै थर्काउने थालेकी छिन्।’

उनी श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै १० दिनदेखि दैनिक जिल्ला प्रहरी कार्यालय धाउने गरेका छन्। जिल्ला प्रहरीमा वैशाख १९ गते उजुरी दर्ता गरेको भएता पनि प्रहरीले आफ्नो श्रीमती खोज्नका लागि खासै चासो नदेखाएको आरोप लगाए।

यता, जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख अनुरागकुमार द्विवेदीका अनुसार कार्यलयमा थापाकी श्रीमती सम्पर्कविहीन भएको निवेदन परेको बताए। ‘अनुसन्धान र खोजी कार्यलाई जारी राखेका छौँ’, उनले भने। उनका अनुसार मायादेवीको आफन्तहरुको घरमा पनि प्रहरी पुगी खोजी कार्य र अनुसन्धान गरेको छ। उनले प्रहरी सधै पीडितको पक्षमा रहने भएकाले प्रहरीमाथि शंका नगर्न आग्रहसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.