|

बारा : पर्साकाे वीरगंज महानगरपालिका- ११ मा मंगलबार बिहान घरको झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ।

आफ्नै घरको तेस्रो तलाको झ्यालबाट खसेर ६३ वर्षीया जगिया कनुइनको मृत्यु भएको प्रहरीले जनाएको छ। पूजापाठ गर्ने क्रममा झ्यालको पर्दा हटाउन खोज्दा बिहान साढे ९ बजेतिर झ्यालबाट खसेर उनको मृत्यु भएको हो।

झ्यालमा ग्रिल नलगाएका कारण उनी खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.