|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५–२०८५ लाई ‘ऊर्जा तथा जलस्रोत दशक’ घोषणा गरेको छ। मंगलबार श्वेतपत्र सार्वजनिक गर्दै मन्त्रालयले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई प्रभावकारी बनाउन यस्तो घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए।

हरेक नेपाली जनतालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयर धनी’ कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिनेछ। 

वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्बन्धित देशबाटै शेयर आवेदन दिने व्यवस्था गरिनेछ। अपर अरुण, अरुण–४, तल्लो अरुण, किमाथाङ्का अरुण, भेरी बबई डाइभर्सन, फुकोट कर्णाली र तामाकोसी–५ जस्ता नाफामुलक जलविद्युत आयोजनाहरु यसै अभियानअन्तर्गत सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.