|

भक्तपुर : थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल भएको छ। 

थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या भएको प्रहरीको भनाइ छ। प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण भएको स्पष्ट पारेको छ। 
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन्।

‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएकाे छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्नेछौं’ प्रमुख जिल्ला अधिकारी भट्टले भने। महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक उज्जल महर्जनले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरु धेरै नजिक प्रहरी पुगिसकोको दाबी गरे। 

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.