मनोरञ्जन

बलिउड अभिनेतृ सोनमले कसिन् लगनगाँठाे
SHARES

बैशाख २६, २०७५

    चर्चित बलिउड अभिनेतृ सोनम कपुरको विवाह भएको छ। बलिउडमा सधै चर्चाको शिखरमा रहने सोनमले दिल्लीका व्यापारी आनन्द आहुजासँग मुम्बईमा मंगलबार लगनगाँठो कसेकी हुन्। सोनम चर्चित बलिउड अभिनेता अनिल कपुरकी छोरी हुन्। 

    आहुजा दिल्लीका व्यापारी हुन्। उनी भारतीय निर्यात कम्पनीका म्यानेजिङ डाइरेक्टर हुन्।  उनीहरुको शिख परम्पराअनुसार विवाह भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनको 'रिसेप्सन' पार्टीमा बलिउडका सबैजसो कलाकारको उपस्थिति थियो।

    सोनमकी विवाहमा उनकी मिल्ने साथी स्वरा भास्कर साथमा रहेकी थिइन्। यी दुईले 'राझणा' र 'प्रेमरतन धन पायो' फिल्ममा सँगै काम गरेका थिए।

    विवाहपश्चात् मुम्बईको द लिला होटलमा रिसेप्सन पार्टी राखिएको थियो। पार्टीमा अमिताभ बच्चन, सलमान खान लगायतका बलिउडका हस्तीहरुको सहभागिता थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]