|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा नेकपाका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता सकिएको छ। बुधबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच लामो छलफल भएको छ।

छलफलमा अध्यक्ष प्रचण्डले केही दिन अघि प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डिलबाट भएको ट्विटका विषयमा कुरा उठाएपछि छलफल त्यसै विषयमा केन्द्रित भयो। 
प्रचण्डले कुरा उठाएपछि प्रधानमन्त्री ओलीले त्यस विषयलाई सम्याउने कार्य गरेका छन्।

प्रधानमन्त्रीको ट्विटले दुई अध्यक्षबीचको बाताबरण धमिलियो भन्ने चर्चालाई समेत दुई अध्यक्षले सम्याउने कार्य गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को ढंगबाट ट्विट गर्न खोजेको तर अर्को ढंगबाट हुन पुग्दा समस्या भएको स्पष्ट पारेका थिए। 'अर्को ढंगबाट ट्विट गर्न खोजेको तर अर्को कोणबाट साथीहरूले हालिदिनुभएछ', प्रधानमन्त्री ओलीलाई उदृढ गर्दै स्रोतले भन्यो।

छलफलमा पार्टी एकता प्रकृया र दुई अध्यक्षको सम्बन्धबारे सामाजिक सञ्जालमा आएका कुराबारे समेत छलफल भएको छ। वातावरण धमिल्याउने गरी आएका समाचारबारे समेत समीक्षा गर्दै दुई अध्यक्षले अब सहज ढंगले विषयलाई अगाडि बढाउने सहमति गरेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, पार्टी एकताबारे समेत छलफल गरेका छन्। यस्तै सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएका छन्।

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.