|

शशीधर भण्डारी

प्यूठान : स्वर्गद्धारी नगरपालिकाको चाल्नेटारस्थित चाल्नेटार(स्वर्गद्धारी) विमानस्थलसम्म हवाईजहाजबाट उड्ने, कालोपत्रे सडक फेरि स्वर्गद्धारी पुग्नको लागि केवलकारमा सरर पुग्ने प्युठानवासीको सपना अधुरै रह्यो। स्वर्गद्धारीमा विमान आउने खबरले एकाएक उत्साहित एवं हौसिएका प्युठानवासीको सपना यतिखेर निरासामा परिणत भएको छ।

स्वर्गद्धारीको प्रवर्द्धन तथा प्युठान र रोल्पावासीको लागि चार वर्ष अघि चाल्नेटारस्थित विमानस्थल निर्माण गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेका कारण प्युठानवासीको सपना निराशमा परिणत भएको हो। 

अहिले पुनः चाल्नेटार विमानस्थल बन्ने कुराको चर्चा हुन थालेको छ। चाल्नेटारमा विमानस्थल निर्माणका लागि सरोकारवाला र स्थानीयबीच केही दिन अघि भएको छलफलले पुनः चर्चामा आएको हो। 

पछिल्लो समय विमानस्थल निर्माणका लागि जग्गाको क्षेत्र सर्वे गर्नका लागि खटिएका प्राविधिक टोली खटाईसकेका छन्। स्थानीयले ती टोलीलाई गास,वास सहितको मुआव्जा दिए सर्वे गर्न दिन्छौ नत्र नदिने भन्दै अवरोध सिर्जना गर्ने गरेका कारण निर्माणका कामले गति लिन नसकेको हो।

२० घरधुरी रहेको चाल्नेटारमा गास,वाससंग जोडिएको जग्गामा विमानस्थल आउदाँ विस्थापन हुने चिन्ताले रोकेको स्थानिय रिता नेपालीले बताइन्। उनले भने ‘शुरुमा ९ सय मिटर क्षेत्रफलमा निर्माण गर्ने कुरा गरिएको भएपनि अहिले त्यो अनुसार नभई क्षेत्र बढाएपछि स्थानीयहरु मिलेर रोकेको हो।

सरकारी जग्मा निर्माण गर्न नपुग्ने भएपछि स्थानीयहरुको जग्गा समेत लिएर विमानस्थल बनाउन लागेको छ। हाम्रो जग्गा लिएपछि गास र बासको कुरो आउँछ त्यो कसले व्यर्होेछ। पहिलेको कुरालाई निरन्तरता नदिई फरक फरक कुरा गर्दा स्थानीय आक्रोशित हुनु स्वाभाविक हो।’ 
गास र वासको भर भएको जग्गामा विमानस्थल निर्माण गर्न ९ सयबाट १२ सय मिटर क्षेत्रफलमा पुर्‍याइयो’ उनले भनिन्, ‘चाल्नेटारबासीको उचित व्यवस्थापनको ग्यारेन्टी नभई हामीले जग्गा दिन सक्देनौ। जग्गा दिने आश्वसन सहित चुनावमा भोट माग्ने राजनीतिक दलका नेताहरुले आँखामा छारो हाल्ने काम भइरहेको छ।’

जिल्ला प्रशासन कार्यालयका प्रमुख डा. कृष्ण बहादुर घिमिरे र स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय लगायतको टोलीले चाल्नेटारमा पुगी सवै क्षति विवरण आइसके पछि राज्यले उचित एवं प्रभावित बस्तीका जनताको चित्त बुझ्दो मुल्यमा घरजग्गा खरिद गर्ने र नमुना बस्ती बनाई व्यवस्थापन गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन्। 

प्रजिअ घिमिरेले पुर्खा देखि बस्दै आएको ठाउँ छोड्न कसैलाई चाहना नभए पनि आफ्नो ठाउँको विकासका लागि छोड्नुपर्ने बताए। उनले भने ‘तपाईहरुले विश्वास गर्नुस् अहिले निर्वाचित कमिटिले बोलेका कुराहरु खेरा जाँदैनन् यसलाई सहज रुपमा स्वीकार गर्नुपर्छ’, ‘जबसम्म पुरा अध्ययन हुदैंन तब सम्म सम्पूर्ण क्षति विवरण आउँदै, त्यसकारण पहिले त प्राविधिकलाई अध्ययनमा सघाउनुस्, अध्ययन गर्दैमा केही विग्रिदैन।’

स्वर्गद्धारी नगरपालिका–८ स्थित रहेको चाल्नेटारमा विमानस्थल निर्माण हुनु स्थानियवासी लगायत प्यूठानीहरुको लागि ठुलै अवसर भएकोले यसलाई सबैले सहयोग गर्नु पर्ने नगर प्रमुख रोकायले बताए। उनले भने, ‘अहिले यो ठाउँको अध्ययन मात्र गर्ने हो, यसमा तपाईहरुले कुनै अवरोध नर्गनुहोस’, ‘यदि बिमानस्थलको लागि सम्पूर्ण हिसाबले यो ठाउँ सक्षम भएछ भने तपाईहरुलाई व्यवस्थापन गरेर मात्र यो जमिनमा कोदालो आउने छौं।’ ‘विधि विधान बनाएर पहिलो प्रथामिकता प्रभावित क्षेत्रका वासिन्दालाई दिएर सम्पूर्ण जिम्मेवारी स्वर्गद्धारी नगरपालिकाले लिन्छ अनि मात्र कार्य अगाडि बढाउछौँ।’ 

बिमानस्थल निर्माणका लागि चाल्नेटारको २०७३ असार ५ गते नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबमोजिम जनसंख्या तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो । त्यस लगत्तै नागरिक उड्डन प्राधिकरणद्धारा प्याक्ट कन्सल्ट्यान्ट प्रा.लि. ०७३ कात्र्तिक १९ गते ५ महिना अवधिभित्र अध्ययन  कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। हालसम्म भौतिक वातावरण अन्र्तरगत मोटो परीक्षण, मादी नदीको पानी परीक्षण, हावाको गुणस्तर, ध्वनिको मापन आदि परीक्षण गरिसकेको नपाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.