|

उदयपुर  : उदयपुरमा बुधबारको बिहानीपख आएको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने लाखौँ मूल्यबराबरको क्षति भएको छ। कटारी नगरपालिका १ कालिखोलाकी ६५ वर्षे आइतीमाया माझीको घरको भित्ता भत्केर थिच्दा मृत्यु भएको हो भने जस्तापाता (टिन)ले छाएको घर र विद्यालयको छाना उडाउँदा लाखाँैको क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले माझीलाई सुतिरहेको अवस्थामा घरको भित्ता झरी किच्दा मृत्यु भएको बताए। यसैक्रममा बेलका ननगरपालिका ५ तिलबारीमा ४२  डिकमाया मगरको घरको बेरा हावाले भत्काई टाउकोमा चोट लागि घाइते भएकी छिन्। घाइते मगरलाई स्थानीय क्लिनिकमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए।

कहाँ कस्तो कति क्षति?

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर बेलका नपा ४ गुरुङचौरीमा रहेको श्री जनता माबि गुरुङचौरी स्कुलको  २ वटा भवनको टिनको छानो, काठ उडाई ६ लाख बराबरको क्षति भएको छ। यसैगरी सोही स्थानका श्रीलाल अधिकारीको किराना पसलको टिनको छानो उडाउँदा किराना सामानहरु पानिले भिजी नष्ट हुदा २ लाखबराबरको भएको प्रहरीको भनाइ छ।

त्रियुगा नगरपालिका  १६ बस्ने बिन्दामाया कार्कीको काठले बनेको ६ कोठे माथी  लगाएको उडाउँदा ५ लाखको क्षति भएको छ। सोही स्थानका हरि कार्कीको गोठ र भान्साकोठा  र टिनको छानो उडाई ५० हजारको क्षति पुर्‍याएको डिएसपी अधिकारीले बातए। यसैगरी राम बहादुर बिकको २ तले काठले बनेको घरको टिनको छानो उडाएको १५ हजरको क्षति पुर्‍याएको प्रहरीको भनाइ छ।

टेक बहादुर बिकको एक तले काठ घरको टिनको छानो उडाई २० हजारको क्षति भएको छ। सिता पोख्रेलको एक तले काठले बनेको घरको टिनको छाना उडाई १५ हजरको क्षति भएको छ। मनोज बिकको ट्वाईलेटको छानो उडाउँदा १५ हजरको क्षति भएको छ।

त्रियुगा नपा ८ मा दान बहादुर दाहालको ३० हजार, ठग बहादुर बुढाथोकीको १ एक लाख ७५ हजारको क्षति भएको छ भने माया मगरको २ तले  काठले बनेको घर पुरै नष्ट हुँदा ५ लाख २५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

यता, फलफुल पर्ने आपँ, लिच्ची, सुपारीमा ठुलो क्षति पुर्‍याएको कृषि कार्यालय उदयपुरका प्रमुख सरोजराज अधिकारीले बताए। ‘आँपामा ठुलो क्षति पु¥याएको छ,’ उनले भने, ‘हावाहुरी, पानी, र असिनाले फलफुलमा क्षति पुर्‍याएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.