|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाका दुई जना वडा अध्यक्षले मोटरसाइकल किन्न विनियोजित गरेको रकम विद्यालय र स्वास्थ्य चौकीको भौतिक सुधारका लागि खर्च गर्ने भएका छन्। उक्त नगरपालिकाका १ र १२ वडाका अध्यक्ष द्वय हरिशबहादुर बिष्ट र वाले रानाले मोटरसाइकल खरिद गर्न विनियोजित बजेट विद्यालय र स्वास्थ्य चौकीको बृहत्तर विकासका लागि परिचालन गर्ने भएका हुन्।

वडा अध्यक्ष बिष्टले मोटरसाइकल खरिद गर्न विनियोजित रु दुई लाख रकम सिद्ध वैजनाथ माध्यमिक विद्यालय, जनजागृती माध्यमिक विद्यालय र कृष्ण आधारभूत विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ५० हजार रुपैयाँका दरले र शहरी स्वास्थ्य चौकीको फर्निचर खरिदका लागि ५० हजार रुपैयाँ बजेट परिचालन गरेका छन।

‘विद्यालय र स्वास्थ्य चौकीमा भौतिक सामाग्रीको अभाव थियो’, वडा अध्यक्ष विष्टले भने ‘मोटरसाइकलभन्दा सर्वसाधारणको स्वास्थ्य र विद्यार्थीहरूको समस्या ठूलो भएकोले मोटरसाइकलको बजेट स्वास्थ्य र विद्यालयमै खर्च गर्ने निर्णय गरी उपलब्ध गराइएको हो।’ 

उनीले जस्तै वडा नं १२ का वडा अध्यक्ष रानाले पनि मोटरसाइकल खरिदका लागि विनियोजित रकम शिवशक्ति माध्यमिक विद्यालय कालागौंडीमा पढदै आएका विपन्न अवस्थाका थारु जनजाती समुदायका बालबालिकाको छात्रवृत्ति, पोशाक, अभ्यास पुस्तिकालगायतका शैक्षिक सामाग्री खरीदका लागि उपलव्ध गराएका छन्।
‘विपन्न परिवारका बालबालिकाले सहज रूपमा विद्यालयमा पढन पाउन भनेर मोटरसाइकल खरीदका लागि विनियोजित रकम उपलब्ध गराएका छौँ’, उनले भने । 

दुर्गमका वडा भएकाले नगरपालीकाले वडा अध्यक्षहरूको सहजताका लागि मोटरसाइकल खरिद गर्न रकम विनियोजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.