|

काठमाडौं : वरिष्ठ न्यरो सर्जन डा. उपेन्द्र देवकोटाको आयुर्वेदिक पद्धतिबाट उपचार सुरु गरिएको छ। पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतस्थित किङ्स कलेज अस्पतालमा उपचारका लागि गएका थिए।

डा देवकोटाको आयुर्वेदिक उपचार वरिष्ठ आयुर्वेद चिकित्सक ऋषिराज कोइरालाले गराइरकाे उनका भतिजा वसन्त देवकोटाले बताए। देवकोलाई पित्तथैलीमा क्यान्सर भएको पुष्टि भएपछि दुईपटक सम्म केमोथेपारी दिइएको थियो।  देवकोटाको उपचार बेलायतमा सम्भव  नभएपछि डा देवकोटाको इच्छामा थप उपचार स्वदेशमै गर्ने गरी गत वैशाख १५ गते नेपाल फर्किएका थिए। 

डा देवकोटाका भतिजा वसन्त देवकोटाकले बासबासीस्थित न्युरो अस्पतालका भीआईपी  क्याबिनमा राखेर उनकाे उपचार भइरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.