छापा

रानीपोखरीमा साढे दुई करोड व्यर्थै खर्च
SHARES

बैशाख २७, २०७५

    काठमाडौं : रानीपोखरी पुनर्निर्माणमा भएको साढे दुई करोड रुपैयाँ खर्च व्यर्थ भएको छ। स्थानीय बासिन्दा, पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच अलिहेसम्म निर्माण गरिएको संरचना विवाद हुँदा भत्काउने निर्णय भएको हो। पुरातत्त्व विभाग र कामपाले नयाँ संरचना हटाएर रानीपोखरी पुरानै शैलीमा निर्माण गर्ने सहमति गरेपछि दुई करोड ५० लाख खर्च त्यसै खेर गएको छ।

    ०७२ बैशाख १२ गते भूकम्पका कारण क्षति भएको रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्माण सुरु गरिएको थियो। ०७३ बैशाख १० देखि वर्ल्डवाइल्ड कँडेल केएन केजी जेभीले ठेक्कामा काम गरेको थियो। तर, पुरानै शैलीमा पुनर्निर्माण हुनुपर्ने भन्दै विवाद भएपछि पुरातत्तव विभाग र महानगरपालिकाबीच नयाँ संरचना निर्माण रोक्ने सहमति भएको हो।

    पुरानै शैलीमा रानीपोखरी पुनर्निर्माण गर्न पुरातत्त्व विभागसँग सहमति भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।  

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]