समाज

खुला दिसामुक्त जिल्लामै छैन चर्पी
SHARES

बैशाख २७, २०७५

    सुर्खेत : खुला दिसामुक्त क्षेत्र घोषणा गरेका क्षेत्रहरु घोषणमा मात्र सिमित भएका छन्। अझै धेरै ठाँऊमा शौचालय बन्न सकेका छैनन् भने भएका ठाँउमा पनि कामचलाउ र कच्ची शौचालय रहेका छन्।

    सुर्खेतका पश्चिमका चौकुने,  पञ्चपुरी, बराहताल लगायत नगरपालिका तथा गाउपालिकाका अधिकांश गाँउहरुमा अझै पनि चर्पी प्रयोग गर्दैनन्। शौचालय प्रयोग भएका क्षेत्रमा पनि कच्ची शौचालय प्रयोग भएकाले प्रभावकारी देखीएको छैन्। त्यस्तै वीरेन्द्रनगर, लेकबेशी, नगरपालिका तथा चिङ्गाड, सिम्ता लगायतका गाँउपालिकाको अवस्था पनि उस्तै रहेको छ।

    साविकका गासिसहरु र विभिन्न संघ संस्थाले अभियान संचालन गरेर खुला दिशा मुक्त क्षेत्र  घोषणा गरे पनि प्रभावकारी नभएको हो। खुला दिशा मुक्त क्षेत्र घोषणा गर्दा लहडले चर्पी निर्माण गर्न लगाइए पनि उचित जनचेतनाको अभावमा चर्पीको उपयोगिता सोचे जस्तो भएको देखिदैन्। जसका कारण खुला दिशा मुक्त घोषणा कार्यक्रम अभियानमा मात्रै सिमित भएको छ।

    कतिपय निर्माण भएका शौचालय कहि प्रयोगवीहिन छन भने कतै भत्किएका अवस्थामा रहेकाछन्। पानीको अभावका कारण धेरैजसो नागरिकहरु चर्पीको निर्माण भए पनि खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। कतिपय ठाँउमा अभियानका क्रममा बनाईएका चर्पीहरु भत्केका छन्।

    पहिले खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि धेरै जनचेतनामूलक कार्यक्रम संचालन गरे पनि उक्त अभियानलाई निरन्तरता दिन नसक्दा कार्यन्वयनम समस्या देखीएको हो। जन चेतनाको अभियान नियमित रुपमा संचालन गरिनु पर्ने पञ्चपुरी नगरपालिका २ का वडा सचिव तिलकराम अधिकारी बताउछन्। स्थानीय निकायका जनप्रतिनिधिहरुले पनि राष्ट्रिय अभियानलाई नियिमत संचालन गर्नुपर्ने बताएका छन्।

    गाँउघरमा चर्पी नभए पछि र भएका चर्पी पनि प्रयोगमा नआउदा समस्या भएको कारण नगर तथा वडाहरुमा पुर्ण सरसफाइ कार्यक्रम पनि प्रभावित भएको छ। 
    अझै पनि समुदायमा सचेतताको कमि भएकोले वडा स्तरबाट योजना बनाएर भत्केका चर्पी पुनःनिर्माण गर्दै सरसफाई सम्बन्धी अभियानलाई नियमिति रुपमा सञ्चालन गरिनु पर्ने वीरेन्द्रनगर नगरपलिकाकी उपप्रमुख मोहनमाया ढकालले बताईन्।

    सरसफाईलाई अगाडी बढाउनका लागि प्रत्येक व्यक्तिले म बाट शुरु गर्नु पर्ने वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए। ‘हरेक व्यक्तिले आफूबाट पहिले म शुरु गर्छु भनेर लागेमा मात्र पुर्णसरसफाईका सुचकहरु पुरा गर्न सकिन्छ।’ उनले भने।

    पुर्ण सरसफाई युक्त नगर निर्माणका लागि स्थानिय सरकारका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि सचेतनाको आवश्यक्ता रहेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव नारायण विकको भनाई छ। उनले भने ‘अहिलेको युगमा पनि साबुन पानीले हात धुन सिकाउनु पर्ने अवस्था रहेको छ, सरसफाई कुनै सरकार वा संस्थाको काम भए जस्तो गरी आफ्नो जिम्मेवारी ननिभाउने प्रवृति बढ्दै गएको छ, जिम्मेवार नागरिक बनाउन तिर कार्यक्रम बनाउनु पर्ने देखिन्छ।’ 

    पुर्ण सरसफाई युक्त नगर, वडा र टोल बनाउनका लागि जनस्तरबाट नै बानी र व्यवहार परिवर्तन गर्नका लागि सरकारी स्तरबाट नै कार्यक्रम बनाउनुपर्ने सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माको भनाइ छ।

धर्मराज जिसी

जिसी थाहाखबरका सुर्खेत संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]