|

पर्वत : शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुुक्तिनाथ भ्रमणको पूर्वतयारी तथा व्यवस्थापनका लागि भारतीय प्राविधिक तथा व्यवस्थापनको एक टोली भारतीय वायुसेवामार्फत जोमसोम पुगेको छ।

अति आवश्यक सामग्रीहरू तथा मेडिकल सामग्रीसहित भारतको उच्चस्तरीय टोली जोमसोम उत्रिएको हो। जोमसोम उत्रिएको प्राविधिक तथा व्यवस्थापकको टोली बिहीबार नै मुक्तिनाथ क्षेत्र पुगेर मन्दिर परिसरको अवस्थाको बारेमा जानकारी लिएको छ। 

त्यस्तै, मोदी भ्रमणको व्यवस्थापनका लागि बिहीहबार पनि भारतीय अधिकारीसहित मुस्ताङको जिल्ला सुरक्षा समितिको बैठक बस्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। 

यस्तै, जिल्ला सुरक्षा समितिले मोदीको भरपर्दो सुरक्षाका लागि शुक्रवार अपरान्ह ४ बजेदेखि शनिवार मध्यान्ह १२ बजेसम्म मुक्तिनाथक्षेत्रको ८ सय मिटर वरपरको क्षेत्र पूरै शिल गर्ने भएको छ। 

मुुस्ताङको आकाश बिहीवार हेलिमय बनेको छ भने जिल्ला पूरै मोदीमय बनेको छ। शनिवार हुने मोदी भ्रमणको स्वागतका लागि जिल्ला समन्वय स्वागत समितिले, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिले चारवटा स्वागत गेट निर्माण गरेको छ।

मोदी भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा पाँचवटा हेली प्याड बनाइएको छ। मोदीले मुक्तिनाथका पूजारी कृष्णप्रसाद सुबेदीबाट पूजा र दर्शन गर्ने कार्यक्रम तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.